शनिबार थपिए १०२४ जना कोरोना संक्रमित-Sutra News

शनिबार थपिए १०२४ जना कोरोना संक्रमित

शनिबार, २० मंसिर २०७७

शनिबार, २० मंसिर २०७७

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।

हाल देशभर संक्रमितको संख्या १४ हजार २ सय ५५ रहेको छ भने ५ सय ३६ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट