एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ ।सेभियाको मैदानमा रियलले आत्मघाती गोलबाट जित निकालेको हो । शनिबार राति भएको खेलमा रियलले सेभियामाथि आत्मघाती गोलको मद्दतमा जित निकालेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा सेभियाका गोलकिपर यासिन बाउनुले आत्मघाती गोल गरे । रियलका मेन्डीको क्रस बल भिनियस जुनियरले टच गरेपछि यासिनलाई लाग्दै गोलमा परिणत भएको थियो ।
जितसँगै ११ खेलमा २० अंक जोड्दै रियल लिगको तेस्रो स्थानमा उक्लिएको छ । सेभिया १६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।