मुख्यमन्त्री पौडेलले गरे प्राकृतिक चिकित्साको उद्घाटन-Sutra News

मुख्यमन्त्री पौडेलले गरे प्राकृतिक चिकित्साको उद्घाटन

आइतबार, २१ मंसिर २०७७

आइतबार, २१ मंसिर २०७७

वाग्मती- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारको सबैभन्दा पुरानोमध्ये एक मानिएको प्राकृतिक चिकित्सा पद्धतिलाई संरक्षण र संवद्र्धन गरिनुपर्ने बताएका छन् ।



ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्वारा हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल (प्राकृतिक चिकित्सा) को उद्घाटन कार्यक्रममा शनिबार उनले गर्दै वैकल्पिक उपचार पद्धतिका रूपमा रहेको प्राकृतिक चिकित्साको विकासमा सरकारले सहयोग गर्ने धारणा राखे । पौडेलले हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल सबैको साझा सम्पत्ति भएको उल्लेख गरे ।

अस्पताललाई टिकाउन तथा माथि उठाइराख्न सबैले अपनत्व लिनुपर्ने उनको भनाइ थियो । उनले अस्पताल स्थापना भएको केही महिनामै सेवाग्राहीको मन जित्न सकेको पाइएको बताउँदै गुणस्तरीय सेवा प्रवाहमा निरन्तर लाग्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट