सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु-Sutra News

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु

आइतबार, २१ मंसिर २०७७

आइतबार, २१ मंसिर २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा केहीबेर अघि बैठक सुरु भएको हो ।



बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली उपस्थित छैनन् । कोरोनाको संक्रमण उच्च भएको भन्दै ओली बैठकमा उपस्थित नभएको बताइएको छ ।

बैठकमा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का आ–आफ्ना राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ । हिजो शनिबार बसेको सचिवालय बैठकले अध्यक्षद्वयको प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट