प्रचण्डको प्रस्ताव फिर्ता हुनैपर्छ : पृथ्वी सुब्बा गुरुङ-Sutra News

प्रचण्डको प्रस्ताव फिर्ता हुनैपर्छ : पृथ्वी सुब्बा गुरुङ

आइतबार, २१ मंसिर २०७७

आइतबार, २१ मंसिर २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा जारी स्थायी कमिटी बैठकमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा ओलीको अडान जायज भएको बताएका छन् ।



बैठकपछि उनले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आइतबारको बैठकमा सहभागी नभई पठाएको अडान सही भएको बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीको अडान सही छ, अर्का अध्यक्ष दाहालले आफ्नो प्रस्ताव फिर्ता लिनुपर्छ ।’

बैठकमा सहभागी नभएका अध्यक्ष ओलीले दाहालले आफूबिरुद्ध लगाएको आरोपले भरिएको प्रस्ताव फिर्ता लिनुपर्ने अडानसहितको पत्र पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट