मंगलबारबाट सगरमाथाको उचाई फेरीने-Sutra News

मंगलबारबाट सगरमाथाको उचाई फेरीने

सोमबार, २२ मंसिर २०७७

सोमबार, २२ मंसिर २०७७

काठमाडौं- विश्वको सर्वोच्च शिखर सगमाथाको नयाँ उचाई फेरीने भएको छ । मंगलबार नापी विभागले औपचारिक कार्यक्रम गरी सगमाथाको नयाँ उचाई सार्वजनिक गर्ने भएको छ । विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार विभागले मंगलबार एक औपचारीक कार्यक्रम गरी नयाँ उचाई सार्वजनिक गर्नेछ ।



विश्व कोरोना महामारीका बेला पनि नापी विभागका कर्मचारीहरुले सगरमाथाको उचाई नाप्ने काम गरेका थिए । नापी टोलीबाट प्राप्त भएको सर्वेक्षण तथ्यांक नापी विभागले प्रशोधन गरी चीनका नापी बिभागका प्राविधिक समक्ष छलफल गरी संयुक्त रुपमा सगरमाथाको उचाई मापनको अन्तिम परिणाम प्राप्त भएको उनले बताए ।

सो परिणाम नेपाल र चीनले मंगलबार संयुक्त रुपमा सार्वजनिक गर्ने उनले जानकारी दिए । यो सँगै विश्वभर सगरमाथाको नयाँ उचाई कायम हुनेछ । विश्व कोरोना महामारीका बेला पनि नापी विभागका कर्मचारीहरुको सगरमाथाको उचाई नाप्न उल्लेख्य काम गरेको भन्दै सगरमाथाको मापनमा योगदान पुर्याउने व्यक्तिहरूलाई समेत सम्मान गर्ने पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट