हुम्ला विमानस्थल सुरक्षमा खटिएका ११ सुृरक्षाकमीलाई कोरोना संक्रमण-Sutra News

हुम्ला विमानस्थल सुरक्षमा खटिएका ११ सुृरक्षाकमीलाई कोरोना संक्रमण

सोमबार, २२ मंसिर २०७७

सोमबार, २२ मंसिर २०७७

हुम्लाको सिमकोट विमानस्थलको सुरक्षा पोष्टमा खटिएका ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिन अगाडि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गर्न पठाएका मध्ये ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।



एन्टिजिन किटबाट कोरोना परिक्षण गर्दा बिमान स्थलमा कार्यरत एक महिला प्रहरीलाई कोरोना संक्रमण देखिएको थियो । त्यस संगै उनको सम्पर्कमा आएका ११ जना र उनको गरी १२ जनाको स्वाब संकलन गरेर सुर्खेत पठाएकोमा एघार जनामा कोरोना पुष्टि भएको हुम्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।

उनका अनुसार कोरोना संक्रमित सबै बिमान स्थलमा खटिएका प्रहरी रहेका छन् । उनीहरु सबै होम आइसोलेशनमा बसेको र सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
योसँगै हुम्लामा कोरोना संक्रमितको कुल संख्या ७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट