सल्यान-बोक्सी भन्दै दुर्व्यवहार गरेको आरोपमा सल्यानका तीन जनालाई जिल्ला अदालत सल्यानले कैद तथा जरिवाना तोकेको छ ।आईतबार अदालतले फैसाल सुनाउँदै उनिहरुलाई कैद तथा जरीवाना तोकेको हो।
शारदा नगरपालिका–१ का २३ वर्षीया जयन्ती खड्का, २१ वर्षीया सरिता खड्का र २४ वर्षीया गीता खड्कालाई कैदमा राख्ने फैसला गरेका को हो । जयन्तीलाई ६ महिना कैद र ५ हजार जरिवाना, सरिता र गीतालाई जनही तीन/तीन महिना कैद र पाँच/पाँच सय रुपैयाँ जरिवाना तोकिएको जिल्ला अदालतका स्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए ।
उनीहरूले गत भदौ ५ गते सोहि ठाउँकी एक स्थानीय ६० वर्षिया महिलालाई बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेका थिए । प्रहरीले तीनै जनालाई असोज १२ गते पक्राउ गरेको थियो ।