बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु-Sutra News

बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु

सोमबार, २२ मंसिर २०७७

सोमबार, २२ मंसिर २०७७

काठमाडौं- बाँकेमा बर्दिया र कञ्चनपुरका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।



भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको गेरुवा गाउँपालिका-५ का ७२ वर्षीय पुरुष र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ का ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

बर्दियाका ७२ वर्षीय पुरुषको आइतबार राति १ बजे मृत्यु भएको हो । मंसिर १३ गते भेरी अस्पताल नेपालगञ्जमा कोरोना परीक्षण गराएको उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यस्तै कञ्चनपुरका ७३ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान २ बजे मृत्यु भएको हो । मंसिर १२ गते सेती अस्पतालमा स्वाब परीक्षण गराएका उनको त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

कैलालीकाे सेती अस्पतालमा भर्ना भएका उनिलाई स्वास्थ्यमा थप समस्या देखिए पछि मंसिर १५ गते उनलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरीएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट