प्रजिअविरुद्ध मानव अधिकार आयोगमा मुद्दा-Sutra News

प्रजिअविरुद्ध मानव अधिकार आयोगमा मुद्दा

सोमबार, २२ मंसिर २०७७

सोमबार, २२ मंसिर २०७७

जुम्ला- राष्ट्रिय मानव अधिकार आयोगमा जुम्लाको चन्दननाथ नगरपलिका वडा नम्बर ७ का नरेन्द्र महतले जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाविरुद्ध उजुरी दिएका छन् । महतले उजुरी राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय जुम्लामा उजुरी दिएका हुन् ।



उजुरीमा प्रमुख जिल्ला अधिकारी थापाले व्यक्तिगत रिस साट्न केहि स्थानीयको घर छापा मार्न लगाएको भन्दै उजुरी दिएका हुन् । अनायासै छापा मार्न आदेश दिने मात्रै होइन आमनागरिकलाई अनाहकमा गोली हाल्न निर्देशन दिने र आफनो जिम्मेवारी तथा पदको दुरूपयोग गर्ने सिडिओ विरूद्ध पनि कानूनी कारवाही हुनुपर्ने भन्दै उनले प्रमुख जिल्ला अधिकारी थापाविरुद्ध उजुरी दिएको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी थापाले आम नागरीकको स्वातन्त्राको अधिकार हन्न गरीको आरोप लगाएका छन् । चन्दननाथ नगरपालिका ७, माथि महतगाउँ जुम्ला निवासी नरेन्द्र महत र नन्दालक्ष्मी महतको घरमा गत मंसिर १३ गते राति एक्कासी प्रमुख जिल्ला अधिकारी थापाको निर्देशनमा प्रहरीले छापा मारेको थियो ।

बिना नामको पुर्जी जारी गरेर भएको खानतलासीले घरका सदस्य, छिमेकी, बालबालिका र आफन्तलाई पर्न गएको मनोवैज्ञानिक असर परेको र आफ्नो स्वतन्त्रताको अधिकार हन्न भएको महतले बताए ।

यता डीएसपी माधवराज काफ्लेका अनुसार फरारको सूचीमा रहेका केही व्यक्तिहरु लुकेर बसेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको र यसमा कसैको स्वार्थ नजोडिएको बताए । उनले फरार सुचिमा भएका व्यक्तिहरु पक्राउ गर्न कुनै पक्राउ पुर्जी नचाहिने भएकाले नाम बिनाको पुर्जी प्रहरीसँग हुने भन्दै घटना समान्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट