काठमाडौं- रौतहटमा ०६४ सालमा १४ जनाको ज्यान जाने गरी भएको बम काण्डका फरार सूचिमा रहेका पूर्वमन्त्री आफताव आलमका भाइ मोहम्मद महताब आलम पक्राउ परेका छन् ।
२०६४ सालको संविधानसभा चुनावलाई लक्षित गरी साविक राजपुर फदरहवा गाविस–४ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा मोहम्मद महताब आलमलाई पक्राउ गरिएको हो ।
आलमलाई नेपाल–भारत सिमानामा पर्ने बोधिमाई नगरपालिका–७ बाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान थालिएको २ नं. प्रदेश प्रहरी कार्यालय धनुषाका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए । पूर्वमन्त्री आफताव आलम यसअघि नै प्रहरीले पक्राउ गरी उनीविरुद्ध मुद्दा चलाइ सकिएको छ ।