Logo

शनिवार, माघ ३ गते २०७७

प्रचण्डकै कारण पार्टी एकता संकटमा: लेखराज भट्ट [अन्तर्वार्ता]

प्रचण्डकै कारण पार्टी एकता संकटमा: लेखराज भट्ट [अन्तर्वार्ता]

सूत्र न्यूज

२२ मंसिर २०७७
  • 599
    SHARES
  • प्रचण्डकै कारण पार्टी एकता संकटमा:  लेखराज भट्ट [अन्तर्वार्ता]

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा भौतिक पूर्वाधार मन्त्री लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का कारण पार्टी एकता संकटमा परेको बताएका छन् । सूत्रन्युजसँग कुराकानी गर्दै मन्त्री भट्टले प्रचण्डमा दरिलो राजनीतिक संस्कारको अभावका कारण पार्टीलाई विधिअनुरुप चलाउन नसकेकाले एकता संकटमा परेको बताएका हुन् ।

    आफू कार्यकारी अध्यक्ष भए पनि पार्टीको काम ठीक तरिकाले चलाउन नसकेको भन्दै उनले ल्याएको राजनीतिक प्रस्ताव खारेज गरेर पार्टी एकतामा लाग्नुपर्ने सुझाव मन्त्री भट्टले दिएका छन् । ‘यदि पार्टी ठीक तरीकाले चलाउने हो भने पहिला प्रचण्डले स्थायी कमिटीको बैठकमा नै आत्मालोचनासहित माफि माग्नुपर्छ,’ भट्टले भने, ‘गुटबन्धी गरेर समाधान नहुने र त्यसका लागि पार्टी सचिवालमा खुला रूपमा छलफल हुनुपर्छ ।’

    प्रचण्ड एकाधिकारवादी भएको र स्वच्छाले पूर्वमाओवादी जस्तै पार्टी चलाउन खोजेकाले पार्टी विवाद चरमबिन्दु पुगेको उनको भनाइ छ । आफूखुसी पार्टी चलाउने भए विधान संशोधन गर्नुपर्ने र एक अध्क्षात्मक व्यवस्था बनाउनुपर्ने पनि मन्त्री भट्टले बताए ।

    उनले प्रचण्डमा बौद्धिक गुण नभएको भन्दै केटाकेटीपन जस्तो जिद्दीपना बढी भएको टिप्पणी समेत गरे । जनता र कार्यकर्ताका बारेमा प्रचण्डले कार्यकारी अध्क्ष भएर सोच्नुपर्ने मन्त्री भट्टले बताए । सचिवालय बैठकले हल गर्न नसकेको पार्टीको समस्या स्थायी कमिटी बैठकले हल गर्न नसक्ने पनि मन्त्री भट्टले बताए । पार्टी विवादको समाधान अध्यक्षद्वयले नै गर्नुपर्ने उनको सुझाव छ ।


    प्रकाशित :मंसिर २२, २०७७ सोमवार - १९:२७:४७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.