सुनसरी- बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ ।
सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिने फैसला गरेको हो ।
आफ्नै अनुयायीलाई बलात्कार गरेको कसुरमा सिद्धाबाबाविरूद्ध २०७६/९/१० गते मुद्दा दायर भएको थियो । मुद्दा परेपछि जिल्ला अदालतले उनलाई कारागार चलानको आदेश दिएको थियो ।