आज सर्वदलीय बैठक बस्दै-Sutra News

आज सर्वदलीय बैठक बस्दै

मंगलबार, २३ मंसिर २०७७

मंगलबार, २३ मंसिर २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् ।



आफ्नै दलभित्रको विवाद उत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन पनि बढिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज ११ बजेलाई सर्वदलीय बैठक बोलाएका हुन् ।

ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग वालुवाटारमा छलफल गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागी नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट