कृषि कानुनको विरोधमा भारतमा आम हड्ताल-Sutra News

कृषि कानुनको विरोधमा भारतमा आम हड्ताल

मंगलबार, २३ मंसिर २०७७

मंगलबार, २३ मंसिर २०७७

भारत- कृषि कानूनको विरोधमा किसानहरूले आज भारतमा आमहड्ताल गरेका छन् । कृषि कानूनको विरोधमा १३ दिनअघि सुरू आन्दोलनलाई केन्द्र सरकारले वेवास्ता गरेपछि किसानहरूले आमहड्ताल घोषणा गरेका हुन् ।



किसान आन्दोलमा १८ वटा राजनीतिक दलले पनि ऐक्यवद्धता जनाएका छन् । किसान नेता बलवीर सिंह राजोवालका अनुसार साँझसम्म नै बन्द भए पनि चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र गरिनेछ ।

बन्दमा दूध/सब्जी पनि आपूर्ति रोक्न आह्वान गरिएको छ । तर, अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह भने नरोकिने उनले जनाए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट