कम्बोडियामा कोरोनाविरूद्धको खोप निःशुल्क दिइने-Sutra News

कम्बोडियामा कोरोनाविरूद्धको खोप निःशुल्क दिइने

मंगलबार, २३ मंसिर २०७७

मंगलबार, २३ मंसिर २०७७

एजेन्सी- कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ ।प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने जानकारी दिएका छन् ।



आफ्नो आधिकारीक फेसबुक पेजमार्फत् उनले निःशुल्क खोप प्रदान गर्न सरोकारवालाहरुसँग परामर्श गर्न सरकारी अधिकारीहरूलाई निर्देशन पनि दिएका छन् ।

त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सवै जनतालाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । पहिलो चरणमा उच्च जोखिममा रहेका जनतालाई लगाउने गरी १० लाख खोप ल्याउने योजना बनाइएको जानकारी उनले दिए ।

एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले दश लाख खोपले झण्डै पाँच लाख मानिसलाई हुने पनि उनले उल्लेख गरे । दोस्रो चरणमा २० देखि ३० लाख खोप ल्याएर लगाउने योजना सरकारले बनाएको प्रधानमन्त्री हुन सेनको भनाइ छ ।

दक्षिण एसियाली यस मुलुकमा अहिलेसम्म ३४८ जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३०६ जना संक्रमणमुक्त भइसकेका छन् । अघिल्लो वर्षको जनवरीदेखि अहिलेसम्म कम्बोडियामा कोरोनाका कारण कसैको मृत्यु भएको पुष्टि भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट