अमेरिकामा थप १ लाख ९८ हजारमा कोरोना-Sutra News

अमेरिकामा थप १ लाख ९८ हजारमा कोरोना

मंगलबार, २३ मंसिर २०७७

मंगलबार, २३ मंसिर २०७७

अमेरिका- अमेरिकामा थप १ लाख ९८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९८ हजार ७९२ जनामा संक्रमण भएसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ५३ लाख ६९ हजार ४६ पुगेको छ ।



संक्रमितमध्ये अहिलेसम्म ८९ लाख ८२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ६० लाख ९६ हजार ३५७ जनामध्ये २६ हजार ४५५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ९० हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५०८ जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ९० हजार ४४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट