सर्वदलीय बैठक सुरु-Sutra News

सर्वदलीय बैठक सुरु

मंगलबार, २३ मंसिर २०७७

मंगलबार, २३ मंसिर २०७७

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । बैठक केही बेरअघि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय वैठक आह्वान गरेका हुन् ।



प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेको सल्लाहकार थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट