काठमाडौं-सुनको भाउ मंगलबार एक हजार पाँच सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार यसको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँ थियो । सोमबार १ हजार दुई सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको भाउ मंगलबार १ हजार दुई सय ३५ रुपैयाँ कामय भएको महासंघले जानकारी दिएको छ ।