मंगलबार थपिए १३८२ जना कोरोना संक्रमित-Sutra News

मंगलबार थपिए १३८२ जना कोरोना संक्रमित

मंगलबार, २३ मंसिर २०७७

मंगलबार, २३ मंसिर २०७७

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



यससँग नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मंगलबार १ हजार ६ सय २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ८६ रहेको छ भने ५ सय २३ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट