सर्वदलीय बैठकमा विपक्षीहरूले भने- सडकमा राजावादी निस्कनु सरकारको कमजोरी-Sutra News

सर्वदलीय बैठकमा विपक्षीहरूले भने- सडकमा राजावादी निस्कनु सरकारको कमजोरी

मंगलबार, २३ मंसिर २०७७

मंगलबार, २३ मंसिर २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सकिएको छ । बैठक मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो ।



संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरू उपस्थित बैठकमा सरकारकै कमजोरीका कारण अहिले ‘राजावादी’ को आन्दोलन चर्किएको भन्दै व्यवस्थाप्रति निराशा हुन नदिन सबै दलहरूले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेताहरूले सरकारकै कमजोरीका कारण अहिले राजावादी सडकमा आएका हुन् भन्नेमा सबै दल एकमत भएको जनाए । उनीहरूले सरकार राम्रोसँग ससञ्चालन गर्न, जनतालाई निराश नपार्न तथा संवैधानिक आयोगका नियुक्तिहरूमा एकलौटी नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको पनि बताए ।  

बैठकमा प्रधानमन्त्री ओलीले देशमा चलिरहेको महामारी नियन्त्रणका लागि सहयोग गर्न अपिल गर्दै सबै दलहरूको सुझावका आधारमा सरकार अघि बढ्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट