कोरोना कहरमा रक्तदानको महत्व अझै बढी छः सभामुख सापकोटा-Sutra News

कोरोना कहरमा रक्तदानको महत्व अझै बढी छः सभामुख सापकोटा

मंगलबार, २३ मंसिर २०७७

मंगलबार, २३ मंसिर २०७७

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिमका बेला रक्तदानको महत्व अझै बढेर गएको बताएका छन् । १४औँ संघीय संसद् सेवा दिवस–२०७७ का अवसरमा आज संसद् सचिवालय परिसर, सिंहदरबारमा आयोजित रक्तदानको सुभारम्भ गगर्दै सभामुख सापकोटाले कोरोनाका कारण सृर्जित विषमताका बेला गरिएको रक्तदानको महत्व अधिक रहेको चर्चा गरे ।



संघीय सांसद डा.विमला राई पौडेललाई रक्त थैली (ब्लड ब्याग) हस्तान्तरण गरी रक्तदानको सुभारम्भ गरेपछि संक्षिप्त सम्बोधनका क्रममा सभामुख सापकोटाले भने, ‘रक्तदान जीवनदान त्यत्तिकै भनिएको होइन, रक्तदानको सधैं भरी महत्व छ, अहिले झनै महत्व छ ।’

सभामुख सापकोटाले दैनिक रगत अभावको खबर आइरहेको स्मरण गर्दै आज गरिएको रक्तदानले सो अभाव टार्न सहयोग हुने विश्वास व्यक्त गरे । संसद् सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा उनले खुसी व्यक्त गरे ।

कार्यक्रममा दुई जना सांसद, कर्मचारी र सञ्चारकर्मीलगायतले रक्तदान गरेका थिए । संघीय संसद् सचिवालयले संसद् सेवा दिवस २०७७ का अवसरमा उच्च स्वास्थ्य सतर्कता अपनाउँदै विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । २०६३ देखि हरेक वर्ष मंसिर २८ का दिन संघीय संसद् सेवा दिवस मनाइँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट