विश्वमा ५ लाख ७८ हजार संक्रमित थपिए-Sutra News

विश्वमा ५ लाख ७८ हजार संक्रमित थपिए

बुधबार, २४ मंसिर २०७७

बुधबार, २४ मंसिर २०७७

काठमाडौं- विश्वमा बितेको २४ घण्टामा थप ५ लाख ७८ हजार ६९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ८५ लाख ४४ हजार ७४ पुगेको छ ।



त्यस्तै बितेको २४ घण्टामा ११ हजार ६४१ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ६२ हजार २५ पुगेको छ ।

अहिले १ करोड ९५ लाख ३६ हजार ९५ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ६ हजार ४०२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । ४ करोड ७४ लाख ४५ हजार ९५५ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ५५ लाख ८७ हजार ७४ पुगेको छ । अहिलेसम्म २ लाख ९३ हजार ३५८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट