भारतमा एकै दिन ३२ हजार संक्रमित-Sutra News

भारतमा एकै दिन ३२ हजार संक्रमित

बुधबार, २४ मंसिर २०७७

बुधबार, २४ मंसिर २०७७

भारत- भारतमा मंगलबार एक दिनमा थप ३२ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ९७ लाख ३५ हजार ८५० पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।



जसमध्ये ९२ लाख १५ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल चार लाख तीन ७८ हजार ५८१ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३१ औँ दिन हो ।

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४०२ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४१ हजार ३६० पुगेको छ ।

भारतभरी सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ७४ हजार ४६० अझै पनि सक्रिय संक्रमित रहेका बुधबार जनाइएको छ । महाराष्ट्रपछि केरलामा ५९ हजार ८७३ सक्रिय संक्रमित अवस्थामा रहेका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १४ करोड ९८ लाख ३६ हजार नमूना परीक्षण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट