अनलाइन व्यापारको डाटा ह्याकर प्रहरी नियन्त्रणमा-Sutra News

अनलाइन व्यापारको डाटा ह्याकर प्रहरी नियन्त्रणमा

बुधबार, २४ मंसिर २०७७

बुधबार, २४ मंसिर २०७७

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्यूरोले सूचना प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याएर डाटा सार्वजनिक गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।



काठमाडौं महानगरपालिका-२६ रानीबारी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका स्थायी घर भएका १९ वर्षीय दिनेश तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले विशिष्टिकृत प्राविधिक विश्लेषण तथा अनुसन्धानको क्रममा निजि क्षेत्रको अनलाइन व्यापारको डाटा ब्रिच गरेको आधारमा मंगलबार उनलाई पक्राउ गरेको हो ।

उनले प्रारम्भिक अनुसन्धानको क्रममा सरकारी तथा निजी सूचना प्रवाहका लागि आधिकारिक विद्युतीय माध्यमहरूमा अनाधिकृत रूपमा पहुँच बनाएको खुलेको ब्यूरोले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट