बालुवाटारमा ओली–प्रचण्डबीच डेढ घण्टा संवाद-Sutra News

बालुवाटारमा ओली–प्रचण्डबीच डेढ घण्टा संवाद

बुधबार, २४ मंसिर २०७७

बुधबार, २४ मंसिर २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।



अध्यक्षद्वय ओली र प्रचण्डबीच बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । अध्यक्षद्वयबीच आगामी स्थायी कमिटी बैठकका विषयमा केन्द्रित रहेर छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

अध्यक्षद्वयको आजको भेटबाट कुनै निष्कर्ष नआएको बताइएको छ । नियमित भेटघाट जस्तो भए पनि केही समाधान ननिस्किएको आली निकट एक नेताले जानकारी दिए ।

अध्यक्ष ओली र प्रचण्डबीच २५ कात्तिकदेखिको संवादहीनताको अवस्था गत २० मंसिरमा अन्त्य भएको थियो । २१ मंसिरमा बसेको स्थायी कमिटीमा अध्यक्ष ‌ओलीले पत्र पठाउँदै प्रस्तावमाथि छलफल गर्नुको कुनै अर्थ र औचित्य नरहेको बताएका थिए ।

स्थायी कमिटी बैठकमा अध्यक्ष ओली अनुपस्थित भएपछि सहमतिका लागि भन्दै बैठक २८ मंसिरसम्म सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट