काठमाडौं- विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच बुधबार एकता भएको छ । दुई पार्टीबीच गरिएको सहमतिपत्र सार्वजनिक गर्दै भर्चुअल माध्यमबाट पार्टी एकता भएको घोषणा गरिएको हो ।
पार्टी एकताको घोषणा विवेकशीलका अध्यक्ष मिलन पाण्डे र साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले गरे ।
अध्यक्षमा रवीन्द्र मिश्र छन् । संयोजक मिलन पाण्डे छन् । दुबै दलबाट केन्द्रीय समितिमा ६५/६५ जना रहनेछन् । सचिवालय २६ सदस्यीय छ । ६ महिनाभित्र एकता महाधिवेशन गर्ने भनिएको छ ।
एकता घोषणा गर्दै पाण्डे र मिश्रले नव घोषित विवेकशील साझा पार्टी नेपाली राजनीतिमा एक निर्विकल्प पार्टी भएको दाबी गरेका छन् ।
२३ महिनाअघि आन्तरिक विवादका कारण पार्टी विभाजित भएको थियो ।