पछिल्लो २४ घण्टामा थपिए १०५६ जना कोरोना संक्रमित-Sutra News

पछिल्लो २४ घण्टामा थपिए १०५६ जना कोरोना संक्रमित

बुधबार, २४ मंसिर २०७७

बुधबार, २४ मंसिर २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ६ हजार २८६ जनाको नमुना परीक्षण गर्दा १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा १४ सय ८३ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । 



हाल देशभर १२ हजार २४५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितमध्ये गम्भीर अवस्थाका ३३० जनाको आइसियू र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । देशभर संक्रमित निको हुने दर ९३.३ प्रतिशत पुगेको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट