ग्लोबल आइएमई बैंकद्वारा कर्पोरेट पे प्रणालीको सुरुआत-Sutra News

ग्लोबल आइएमई बैंकद्वारा कर्पोरेट पे प्रणालीको सुरुआत

बुधबार, २४ मंसिर २०७७

बुधबार, २४ मंसिर २०७७

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुआत गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।



सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
    
उक्त डिजिटल प्ल्याट्फर्ममार्फत ग्राहकले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायत व्यावसायिक भुक्तानी सजिलै गर्न सक्ने छन् ।
 
उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबार गर्न सकिने छ ।

आवश्यकता अनुरुप प्रणालीमा एकभन्दा बढी बैंक खाता पनि लिङ्क गरी कारोबार गर्न सकिने सुविधा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट