यूईएफए च्याम्पियन्स लिग: पीएसजीले ५-१ ले हरायो इस्तानबुललाई-Sutra News

यूईएफए च्याम्पियन्स लिग: पीएसजीले ५-१ ले हरायो इस्तानबुललाई

बिहिबार, २५ मंसिर २०७७

बिहिबार, २५ मंसिर २०७७

एजेन्सी- यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको समूह ‘एच’को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुलमाथि फराकिलो जित निकालेको छ ।



पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीले इस्तानबुलमाथि ५-१ गोलअन्तरको फराकिलो जित निकालेको हो । पीएसजीको जितमा नेइमारले ह्याट्रिक गर्दा किलियन एम्बापेले दुई गोल गरे ।

खेलको २१ औं मिनेटमा घरेलु टोलीले नेइमारको गोलमा अग्रता बनाएको थियो । त्यस्तै ३८ औं मिनेटमा नेइमारले नै किलियन एम्बापेको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ४२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै एम्बापेले गोल गर्दा पहिलो हाफमा पीएसजी तीन गोलले अघि रह्यो ।

दोस्रो हाफमा नेइमारले फेरि अर्को गोल थपे । उनले ५० औं मिनेटमा एन्जेल डि मारियाको पासमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा एम्बापेले डि मारियाकै पासमा ६२ औं मिनेटमा गोल थपे । उता इस्तानबुलका लागि मेहमेट तोपालले ५७ औं मिनेटमा सान्त्वना गोल फर्काए । अघिल्लो दिननै तोकिएको यो खेल विवादका कारण एकदिन पछि सरेको थियो ।

समूह ‘एच’बाट समान १२ अंक बनाएका फ्रेन्च क्लब पीएसजी र जर्मन क्लब आरबी लाइपजिग अन्तिम १६ मा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट