सुनको मूल्य तोलामा ९०० रुपैयाँ घट्यो-Sutra News

सुनको मूल्य तोलामा ९०० रुपैयाँ घट्यो

बिहिबार, २५ मंसिर २०७७

बिहिबार, २५ मंसिर २०७७

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ५०० कायम भएको छ । बुधबार ९३ हजार ४०० मा कारोबार भएको थियो ।



तेजाबी सुनको मूल्य पनि ९०० रुपैयाँले घटेको छ । बुधबार ९२ हजार ९५० मा कारोबार भएको तेजाबी सुन आज ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार २०० तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट