भारतमा एकै दिन ३१ हजार ५२२ संक्रमित-Sutra News

भारतमा एकै दिन ३१ हजार ५२२ संक्रमित

बिहिबार, २५ मंसिर २०७७

बिहिबार, २५ मंसिर २०७७

भारत- भारतमा बुधबार एक दिनमा थप ३१ हजार ५२२ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ९७ लाख ६७ हजार ३७२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।



जसमध्ये ९२ लाख ५३ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल तीन लाख तीन ७२ हजार २९३ व्यक्ति अझै सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३२ औँ दिन हो ।

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४१२ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४१ हजार ७७२ पुगेको छ ।

भारतभरी सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ७४ हजार ३१५ अझै पनि सक्रिय संक्रमित रहेका बुधबार जनाइएको छ । महाराष्ट्रपछि केरलामा ६० हजार ६६ सक्रिय सङ्क्रमित अवस्थामा रहेका छन् ।

दिल्लीमा २० हजार ५४६ सक्रिय संक्रमित रहेका छन् भने ५ लाख ६९ हजार २१६ व्यक्ति संक्रमणबाट मुक्त भएका छन् । दिल्ली कोरोना भाइरस संक्रमणका कारण ९ हजार ८१३ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १५ करोड ७ लाख ५९ हजारको नमूना परीक्षण गरेको जनाएको छ । बुधबार एकै दिनमा ९ लाख २२ हजार ९५९ जनाको नमूना परीक्षण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट