काठमाडौं– प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले सोमबार ७७ वटै जिल्लामा हुने सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकले प्रर्दशनको तयारी थाल्न जिल्ला सभापतिहरूलाई निर्देशन पनि दिएको छ ।
बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पूर्वपदाधिकारीसहितको बैठकले सरकारविरुद्धको प्रदर्शनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको थियो ।
वैठकको निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबारको प्रदर्शमा सहभागी हुन ७७ जिल्लाका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । बैठकमा पार्टीको क्रियाशील सदस्य एवम् जनसम्पर्क समितिबारे पनि छलफल भएको उनले बताएका छन् ।
‘मंसिर २९ मा ७७ जिल्लाको प्रदर्शनमा सहभागिताका लागि अपील ! कृयाशिल सदस्य एवं जनसम्पर्क समिति बारे जरुरी छलफल !’ उनले ट्वीटरमा भनेका छन् ।