क्रिसमसको किलमेलमा भीडभाड नगर्न सरकारको आग्रह-Sutra News

क्रिसमसको किलमेलमा भीडभाड नगर्न सरकारको आग्रह

बिहिबार, २५ मंसिर २०७७

बिहिबार, २५ मंसिर २०७७

श्रीलंका- कोरोना भाइरसको महामारी थप फैलिन सक्ने भन्दै श्रीलंकामा क्रिसमसको बेलामा किनमेललाई कम गर्न आग्रह गरिएको छ । सरकारी स्वास्थ्य अधिरकारीहरुले यस्तो बेलामा भिडभाड गरेर किनमेल गर्नु उपयुक्त नुहने बिहीबार बताएका हुन् ।



श्रीलंकामा अहिलेसम्म कोरोनाका कारण ३० हजारभन्दा बढी संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चाडपर्वलाई लक्षित गरेर मन्त्रालयले नयाँ स्वास्थ्य निर्देशिका समेत जारी गरेको छ । निर्देशिकामा पनि क्रिसमसका बेलामा किनमेललाई न्युनिकरण गर्न जोड दिइएको छ ।

एक परिवारबाट एक जना मात्रै किनमेलका लागि निस्कन सकिने व्यवस्था निर्देशिकामा गरिएको छ । सकेसम्म चाहिएका सामग्रीहरु एकै पटकमा किन्न पनि सुझाव दिइएको छ । सार्वजनिक रुपमा भिडभाड गर्न, सार्वजनिक ठाउँमा चाडपर्व मनाउन पनि सरकारले निषेध गरेको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी एक परिवारबाट बजारमा निस्कीएका एक व्यक्तिले पनि अरुसँग सामाजिक दुरी कायम गर्नु पर्ने, चुम्मन गर्न नपाइने, अभिवादन गर्दा पनि टाढैबाट गर्नु पर्नेलगायतका नियमहरु पनि निर्देशिकामा उल्लेख गरिएको छ । मन्त्रालयले अत्यावश्यक सामग्रीहरु संभव भएसम्म अनलाईन मार्फत किनबेच गर्न पनि आग्रह गरेको छ ।

श्रीलंकामा अहिले कोरोना भाइरसको महामारीको दोस्रो चरण चलिरहेको छ । एसीयाली यस मुलुकमा ३० हजार ७२ जना कोरोना भाइरसबाट संक्रमित हुँदा १४४ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट