जापानमा एकैदिन २ हजार ७३३ जना संक्रमित-Sutra News

जापानमा एकैदिन २ हजार ७३३ जना संक्रमित

शुक्रबार, २६ मंसिर २०७७

शुक्रबार, २६ मंसिर २०७७

जापान- जापानमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु  भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७३३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो संक्रमणमा  ५५५ जनामा गम्भीर लक्षण देखिएको छ ।



डिसेम्बर ९ अर्थात् गत बुधबार पनि त्यहाँ २ हजार ८३७ जना संक्रमित थपिएका थिए । त्यहाँ नोभेम्बरयता संक्रमण बढ्न थालेको छ।

जापानका ६ वटा राज्यमा फेरि संक्रमण फैलिएको क्योडो न्यूज एजेन्सीले जनाएको छ । संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि त्यहाँ तेस्रो लहरको संक्रमण सुरु भएको विज्ञहरूलाई उद्धृत गर्दै जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

पछिल्लो वृद्धिसँगै जापानमा संक्रमितको संख्या एक लाख ६८ हजार ५७३ पुगेको छ । तीमध्ये एक लाख ४३ हजार ६ जना संक्रमणमुक्त भएका छन् ।

२ हजार ४६५ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ४५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट