ढोरपाटन नगरका प्रमुखले व्यक्तिगत खर्चमा किने एम्बुलेन्स-Sutra News

ढोरपाटन नगरका प्रमुखले व्यक्तिगत खर्चमा किने एम्बुलेन्स

शुक्रबार, २६ मंसिर २०७७

शुक्रबार, २६ मंसिर २०७७

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद गरेका छन् । नगर प्रमुखले नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गरेका हुन् ।



४० लाख पर्ने एम्बुलेन्स भन्सार छुटमा साढे ११ लाखमा खरीद गरेर नगरपालिकालाई हस्तान्तरणको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले बताए ।

पश्चिम बागलुङमा एम्बुलेन्स सेवा नहुँदा सर्वसाधारण मर्कामा थिए । स्थानीय तहको निर्वाचनमा नेपालीले व्यक्तिगत खर्चमै भए पनि एम्बुलेन्स खरीद गर्ने वाचा गरेका थिए ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स बिग्रिएपछि आपत्कालीन समयमा नगरपालिकाले छिमेकी बडिगाड गाउँपालिकासँग सहयोग माग्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट