अमेरिकामा एकैदिनमा तीन हजारको मृत्यु-Sutra News

अमेरिकामा एकैदिनमा तीन हजारको मृत्यु

शुक्रबार, २६ मंसिर २०७७

शुक्रबार, २६ मंसिर २०७७

अमेरिका- अमेरिकामा कोरोना भाइरसबाट संक्रमित भएपछि मृत्यु भएकाहरुको संख्यामा वृद्धि भएको छ । कोरोनाविरुद्धको खोप फाइजर प्रयोग गर्न सकिने सल्लाह विज्ञहरुले दिइरहेकै बेला पनि अमेरिकामा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको देखिएको छ ।



सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा विगत २४ घण्टामा एकैदिन तीन हजार १२४ व्यक्तिको मृत्यु भएको छ । पछिल्लो पाँच दिनमा मात्रै थप झण्डै पाँच लाख जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकामा अहिले पनि एक लाख छ हजारभन्दा बढी सङ्क्रमितहरु अस्पतालमा उपचारकै क्रममा रहेका छन् । महामारी देशभरी नै बढ्दै गइरहेको र स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई दवाव पनि बढेको अधिकारीहरूले बताएका छन् ।

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख नौ हजारभन्दा बढीको मृत्यु भएको छ भने कुल एक करोड ५५ लाखभन्दा बढी संक्रमित भएका छन् । एकैदिनमा मृत्यु भएकाहरूको यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ ।

यसअघि गत अप्रिल १५ मा सबैभन्दा धेरै एकैदिनमा दुई हजार ६०२ जनाको मृत्यु भएको थियो । न्युयोर्क शहरमा कोरोना महामारीको केन्द्र बनेको बेला त्यति धेरै मानिसको एकैदिनमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट