अब फुटबल खेलाडीलाई बराबर पारिश्रमिक-Sutra News

अब फुटबल खेलाडीलाई बराबर पारिश्रमिक

शुक्रबार, २६ मंसिर २०७७

शुक्रबार, २६ मंसिर २०७७

काठमाडौं-  नेपाली राष्ट्रिय फुटबल पुरुष तथा महिला खेलाडीले अबदेखि समान पारिश्रमिक पाउने भएका छन् । अखिल नेपाल फुटबल संघको कार्यसमिति बैठकले पुरुष तथा महिला खेलाडीलाई समान पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो ।



एन्फाले राष्ट्रिय फुटबल टोलीका खेलाडीको पारिश्रमिकमा समेत वृद्धि गरेको छ । पुरुष तथा महिला खेलाडीले जनही मासिक १८ हजार पारिश्रमिक पाउने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

लामो समयदेखि खेलाडीको पारिश्रमिकमा वृद्धि हुन सकेको थिएन । पुरुष तथा महिला खेलाडीले पारिश्रमिक वृद्धिको माग गर्दै आएका थिए । पुरुषको तुलनामा महिलाको पारिश्रमिक आधाभन्दा कम भएका कारण त्यसको विरोध हुँदै आएको थियो ।

यसअघि पुरुष खेलाडीले मासिक जनही १५ हजार तथा महिला खेलाडीले जनही सात हजार पारिश्रमिक पाउने गरेका थिए । पहिलो पटक पुरुष र महिला फुटबल खेलाडीले समान पारिश्रमिक पाउन लागेको प्रवक्ता रार्इले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट