४ करोड ९६ लाखभन्दा बढी व्यक्ति कोरोनामुक्त-Sutra News

४ करोड ९६ लाखभन्दा बढी व्यक्ति कोरोनामुक्त

शनिबार, २७ मंसिर २०७७

शनिबार, २७ मंसिर २०७७

काठमाडौं- विश्वभर ४ करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसको संक्रमणबाटमुक्त भएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।



पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८२ हजार ५३९ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ४ करोड ९६ लाख २५ हजार नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ९९ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड १४ लाख नाघेको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख नाघेको छ । बितेको २४ घण्टामा १२ हजार ३१२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै १६ लाख ३८० संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

हाल विश्वमा २ करोड १ लाख ९१ हजार ६७३ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ६ हजार ६१८ जना गम्भीर बिरामी छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६२ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाखभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट