एजेन्सी- स्पेनिस ला लिगामा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । शनिबार राति रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
साविक विजेता रियलले जारी सिजन अपराजित रहेको एट्लेटिकोको अपराजित यात्रामा पनि पूर्णविराम लगाइदिएको छ । शीर्ष स्थानको एट्लेटिकोलाई पराजित गर्दै रियलले अंक दूरी ३ अंकमा झारेको छ ।
खेलको १५औँ मिनेटमा क्यासमिरोले हेडमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । टोनी क्रुसको पासलाई सदुपयोग गर्दै ब्राजिली स्टारले गोल गरेका थिए ।
ड्यानी कार्भाजलले दोस्रो हाफमा प्रहार गरेको बल गोलकिपर जान ओबलाकसंग ठोक्किदै पोस्टभित्र छिरेपछि रियल २–० ले खेलमा अघि बढेको थियो ।
जितसंगै रियल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एट्लेटिको दोस्रो स्थानको रियल सोसिडाड भन्दा मात्र एक अंकले अघि छ ।