अमेरिकामा भोलिदेखि कोरोनाविरूद्धको खोप लगाइने-Sutra News

अमेरिकामा भोलिदेखि कोरोनाविरूद्धको खोप लगाइने

आइतबार, २८ मंसिर २०७७

आइतबार, २८ मंसिर २०७७

अमेरिका- अमेरिकामा भोलिदेखि कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ ।



कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप भोलिदेखि लगाउन थालिने बीबीसीले जनाएको छ ।

पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा पुर्‍याइँदैछ । सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप दिइने तयारी छ ।

अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै सोमबारबाटै अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो ।

फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट