देउवा उपस्थित नहुने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित-Sutra News

देउवा उपस्थित नहुने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित

आइतबार, २८ मंसिर २०७७

आइतबार, २८ मंसिर २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ‍ । प्रमुख प्रतिपक्षी  कांग्रेसका सभापति शेरवहादुर देउवा बैठकमा नआउने भएपछि बैठक स्थगित भएको हो । बैठक आज बिहान ९ बजेका लागि तय गरिएको थियो।



भोलि सरकारविरूद्ध देशव्यापी विरोध प्रदर्शन राखिएकाले परिषद्को बैठकमा सभापति सहभागी भएर भागबन्डा गर्न नहुने र त्यसले गलत सन्देश जाने कांग्रेस नेताहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट