जापानमा एकैदिन ३ हजारभन्दा बढी संक्रमित-Sutra News

जापानमा एकैदिन ३ हजारभन्दा बढी संक्रमित

आइतबार, २८ मंसिर २०७७

आइतबार, २८ मंसिर २०७७

जापान- जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ । जापानको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।



उक्त मन्त्रालयका अनुसार शनिबार एकै दिनमा कम्तीमा पनि ३ हजार जना संक्रमित थपिएका छन् । जापानको राजधानी टोकियोमा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको जानकारी गराइएको हो । सबैभन्दा बढी टोकियो र त्यसपछि अरु केही जिल्लामा यो संख्याका संक्रमित भेटिएका बताइएको छ ।

यो सँगै जापानमा अहिलेसम्म संक्रमण हुने व्यक्तिको संख्या ४६ हजारभन्दा बढी पुगेको छ । शनिबार टोकियोमा ६२१ ज्ना संक्रमित भेटिएका थिए । पछिल्लो समयमा संक्रमितहरु बढ्दै गएपछि राजधानी टोकियोका होटल रेष्टुरेन्ट तथा बढी भिडभाड हुने स्थानहरुमा मानिसहरुको सार्वजनिक आवतजावत रोकिएको छ । सरकारले आन्तरिक यातायात सेवा भने नरोक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट