काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो ।
नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अर्को बैठक पुस १ गते १ बजे बस्ने छ ।