पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउन विशेषको आदेश-Sutra News

पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउन विशेषको आदेश

आइतबार, २८ मंसिर २०७७

आइतबार, २८ मंसिर २०७७

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।



वालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई आइतबार विशेष अदालत उपस्थित गराएर ४ घन्टा बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट