भारतको रिपब्लिक टीभीका सीईओ पक्राउ-Sutra News

भारतको रिपब्लिक टीभीका सीईओ पक्राउ

सोमबार, २९ मंसिर २०७७

सोमबार, २९ मंसिर २०७७

भारत- भारतको रिपब्लिक टीभीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)विकास खनचंदानीलाई मुम्बइ प्रहरीले पक्राउ गरेको छ ।



मुम्बईका ज्वाइन्ट कमिस्नर अफ प्रहरीका मिलिंद भरांभेलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार खनचंदानीलाई पक्राउपछि आइतबार नै अदालत उपस्थित गराइएको छ ।

केही केबल अपरेटर्सको सहयतामा दुई वटा ल्याण्डिङ च्यानल नम्बर प्रविधि (एलसीएन)को प्रयोग गरेर टीआरपी बढी भएको देखाउँदै ठगी गरेको आरोप उनीमाथि छ ।

एनसीएन प्रविधिबाट एउटै च्यानल दुई च्यानल नम्बरमा देखाएर टीआरपीमा घोटला गरेको उनीमाथि अभियोग लगाइएको छ ।

रिपब्लिक टीभीका अधिकारीहरुले केबल अपरेटर्सलाई पनि एलसीएन र एलसीएन प्रवर्द्धनको लागि सम्पर्क गरेका थिए ।

खनचंदानी एलसीएन र एलसीएन प्रवर्द्धनको चर्चा हुने रिपब्लिक टीभीको ह्वट्सएपको ग्रुपको एक हिस्सा भएका कारण उनलाई यसबारेमा थाहा भएको अनुसन्धान अधिकारीहरूको दाबी छ ।

गत अक्टोबरमा सार्वजनिक भएको टीआरपी घोटला प्रकरणमा मुम्बइ प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट