सरकारविरुद्ध कांग्रेसले आज देशभर आमसभा गर्दै-Sutra News

सरकारविरुद्ध कांग्रेसले आज देशभर आमसभा गर्दै

सोमबार, २९ मंसिर २०७७

सोमबार, २९ मंसिर २०७७

काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारविरुद्ध आज देशव्यापी प्रदर्शन गर्दैछ । प्रदर्शनको नेतृत्व शीर्षस्त नेताहरूले देशका विभिन्न भागबाट गर्दैछन् । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले १० नाराका साथ शीर्ष नेता कुन जिल्लामा गएर सम्बोधन गर्ने भन्ने विषय तोकिएको जानकारी दिए ।



कांग्रेस सभापति शेरबहादुर देउवा हेटौँडामा हुने प्रदर्शनमा सहभागी हुँदै छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको प्रदर्शनमा सम्बोधन गर्ने कार्यतालिका बनाइएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने सम्बोधन गर्ने छैनन् । उनी कोरोना भाइरस पुष्टि भई होमआइसोलेशनमा बसेका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषामा सम्बोधन गर्नेछन् भने सहमहामन्त्री प्रकाशशरण महतले झापा र पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रेमा सम्बोधन गर्ने कार्यतालिका छ ।

नेताहरू रामशरण महत, चित्रलेखा यादव, अर्जुनरसिंह केसी, गगन थपा, प्रदीप पौडेलले क्रमशः चितवन, सप्तरी, कास्की, कैलाली र कञ्चनपुरमा सम्बोधन गर्ने भएका छन् । कांग्रेसले प्रदर्शनको क्रममा लगाउने १० नारा पनि तय गरेको छ ।

 

 

1607778356-Ft6fm.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट