‘आदर्श विशेष सम्मान’ गायक सपुतलाई-Sutra News

‘आदर्श विशेष सम्मान’ गायक सपुतलाई

सोमबार, २९ मंसिर २०७७

सोमबार, २९ मंसिर २०७७

बागलुङ-  आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवम् सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ ।



जिल्लाको काठेखोला गाउँपालिका-३ धम्जामा जन्मिएका गायक सुपतलाई लोकसंगीतको उत्थानमा पुर्याएको योगदान बापत सम्मान गर्न लागिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले बताइन् ।

गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘फुटेका चुरा’, ‘दोहोरी ब्याटल’लगायतका गीत लोकप्रिय छन् । उनी चलचित्र प्रदेशी–२ मा नायकको समेत भूमिकामा देखिँदै छन् । सो चलचित्रको अहिले छायाङ्कन भइरहेको छ ।

उक्त सम्मान छिट्टै विशेष समारोहका बीच गायक सपुतलाई समर्पण गरिने सहकारीका अध्यक्ष जिसीले बताए । ‘आदर्श विशेष सम्मान’ यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासंघका पूर्वसञ्चालक प्रभा कोइरालाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट