काठमाडौं- कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । नेता पौडेलले उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएकोले माग पूरा गरिदिन आग्रहसमेत गरेका हुन् ।
पौडेलले सोमबार फेसबुकमा मिल मालिक र सरकारमा रहेकाहरूको मिलेमतो र लापरवाहीको शिकार किसानहरू परेको पनि आरोप लगाएका छन् ।
‘नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएका छन् । मिल मालिक र सरकारमा रहेकाहरुको मिलिभगत र लापरवाहीको शिकार बनेका किसानहरु प्रति पूर्ण सहानुभूति र एकवद्धता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आवहान गर्दछु,’ पौडेलले भनेका छन् ।