काठमाडौं- नेपाली कांग्रेस सरकारविरुद्ध सडकमा उत्रिएको छ । सरकारलाई सडक र सदन दुबैबाट दवाब दिने उद्देश्यले कांग्रेसले आजबाट देशव्यापी प्रदर्शन सुरु गरेको हो । यतिबेला काठमाडौंका विभिन्न ठाउँमा नाराबाजीका साथ कांग्रेस कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल– जिन्दावाद जिन्दावाद, नेपाली कांग्रेस– जिन्दावाद जिन्दावाद, सर्वसत्तावादी ओली सरकार– मुर्दावाद मुर्दावाद, तनहुँमा भएको दुर्व्यवहार– अपमान र अत्याचार र बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार, चारैतिर भ्रष्टाचार– जनताले चिन्यो ओली सरकार, अति भो अति भो– मुलुककै छवि क्षति भो, जनता कोरोनाको मारमा– नेकपा सत्ताको जितहारमा, औषधि छैन, मल छैन– सत्ताको लडाई लाज छैन ? नेपाली कांग्रेस जिन्दावाद– लोकतान्त्रिक समाजवाद जिन्दावाद’ भन्ने नारा कांग्रेसले लगाएको छ ।
कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँमा भएको दुर्व्यवहार तथा पक्राउलाई प्रदर्शनको मुख्य मुद्दा बनाएको छ । प्रदर्शनको नेतृत्व शीर्षस्त नेताहरूले देशका विभिन्न भागबाट गरेका छन् ।